site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा एमाले–माओवादी विवादले सरकार गठनका लागि आह्वानमा अलमल 

काठमाडौं । कोसी प्रदेशमा एमाले र माअ‍ोवादीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने पत्र लगेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वानको तयारी गरेका छन् । तर, संघीय सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच कुन उपधाराअनुरुप सरकार गठनको आह्वान गर्ने भन्ने विवाद हुँदा प्रदेश प्रमुख रोकिएको एक प्रदेशसभा सदस्यले जानकारी दिए । 

एमाले माओवादी केन्द्रसहितका दलले नै प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावको भावनाअनुरुप नयाँ सरकार गठनको आह्वानका लागि बुधबार पत्र बुझाएका थिए । त्यसकै आधारमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वानको तयारी पनि गरेको स्रोतले बताएको छ । 

“प्रदेश प्रमुख नयाँ सरकार गठनका लागि आह्वानको तयारीमा हुनुहुन्छ । हामीले संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वानका लागि आग्रह गरेका हौ,” नेकपा एमालेको एक प्रदेशसभा सदस्यले बाह्रखरीसँग भने, “तर, उहाँहरू धारा १६८(२) अनुरुप आह्वान हुनुपर्ने अडानमा हुनुहुन्छ । त्यसैले आह्वान हुन केही ढिला भएको छ ।”

कोसीमा अहिले संविधानको धारा १६८(५) अनुरुप बनेको नेपाली कांग्रेसको केदार कार्की नेतृत्वको सरकार कायम छ । उनको सरकारलाई एमाले र माओवादी दुबैले विश्वासको मत फिर्ता लिएको घोषणा गरिसकेका छन् । तर, कार्कीले भने आफ्नो सरकार दलीय समर्थनमा नबनेको र सांसदहरूले दुई वर्षका लागि विश्वासको मत दिएको भन्दै संविधानलाई घात गरेर दलीय स्वार्थका लागि राजीनामा नदिने अडान राख्दै आएका छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro