site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अमेरिकाद्वारा हुवावेलाई चिप निर्यात गर्ने लाइसेन्स खारेज  

वासिंटन । अमेरिकी सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई सामान निर्यात गर्न अनुमति दिइएको अमेरिकी चिप मेकर्सको केही लाइसेन्स खारेज गरेको छ ।

अमेरिकाको वाणिज्य मन्त्रालयले कुन अनुमति रद्द गरेको भनेर खुलाएको छैन । अमेरिकी चिप मेकर इन्टेलले बीबीसीसँग यसबारेमा कुनै प्रतिक्रिया दिन मानेन । २०१९ मा अमेरिकाले हुवावेलाई चिनियाँ सेनासँगको सम्पर्कको कारण देखाउँदै प्रविधि निर्यातमा रोक लगाएको थियो । “हामीले हुवावेलाई निर्यातका लागि केही लाइसेन्स रद्ध गरेका छौँ’ वाणिज्य मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ । 

गत महिना हुवावेको हुवावे मेटबुक एक्स प्रो ल्यापटप सार्वजनिक गरिएकोमा केही अमेरिकी सांसदले राष्ट्रपति जो बाइडेन प्रशासनको आलोचना गरेका थिए । अमेरिकी प्रतिबन्धका कारण हुवावेको अवस्था निकै अप्ठेरोमा परेको बताइए पनि पछिल्लो समयमा भने केही सुधार भएको जनाइएको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro