site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टी विभाजनपछि उपेन्द्रले भने– सरकारको समर्थन कायमै रहन्छ
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारको समर्थन कायमै रहने बताएका छन् । 

बुधबार पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन भए पनि समर्थन कायमै रहने बताए । “अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि जसपाको समर्थन छ,” उनले भने, “समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । समर्थन कायमै रहन्छ ।” 

उनले आफू अमेरिका गएको बेलामा मौका छोपेर पार्टी विभाजन गरिएको बताए । “म अमेरिका भएको बेला मौका छोपेर एउटा हल्ला चलाइयो । जसपा र एकीकृत समाजवादी कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला चलाइयो,” उनले भने । 

उनले नेताहरूसँग भेटघाट नै नभइ कपोकल्पित हल्ला चलाइएको दाबी गरे । पार्टी महाधिवेशन नजिकिँदा भएको विभाजनले फाइदा कसैलाई नहुने बताए । 

उनले विभाजनले कानुनी चुनौती दिने बताए । “त्यो असंवैधानिक छ । कानुनी चुनौती दिन्छौँ” उनले भने ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro