site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदनलाई समस्या समाधानको थलो बनाउने कि अवरोधको ? : सभामुख 

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को गतिरोध अन्त्य गर्न सबै दलको भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार सिंहदरबारमा प्रमुख दलका शीर्ष नेतासँगको छलफलपछि सञ्चारकर्मीसित उनले यही वैशाख २८ गतेदेखि संसद्को काम–कारबाही निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे । सदनलाई समस्या समाधानको थलो बनाउने कि अवरोधको भन्ने दलहरूमा निर्भर रहने भनाइ उनको छ ।

“सदनलाई समस्या समाधानको थलो बनाउने कि अवरोधको थलो ? उहाँहरूले समाधानको थलो बनाउनुहुन्छ भन्ने लाग्छ । दलहरू गम्भीर हुनुहुनेछ,” घिमिरेले भने, “सदन प्रभावकारी बनाउन उहाँहरू लाग्नुहुनेछ । यो अवरोध हटाउन सबैको भूमिका हुनेछ ।”
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro