site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ । युवा तथा खेलकुदमन्त्री समेत रहेका पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार आज बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।

संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेलाई आह्वान भएको छ । सहकारी अपलचनमा गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने संलग्न रहेको आरोप कांग्रेसको छ । कांग्रेसले यो विषयमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ । उसले समिति नबने बजेट अधिवेशन चल्न नदिने बताएको छ ।

सोही कारण सत्तारुढ दल र आफ्नै पार्टीमाथि आरोप लागिरहेको बेला के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने र रणनीति तय हुने बुझिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro