site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार उनले एमालेबाट वेदबहादुर गुरुङ र सीता सुन्दासलाई मन्त्री नियुक्त गरेका हुन ।

यसअगाडी नै दुवैजना अधिकारी सरकारमा मन्त्री थिए । नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनीहरू पद तथा गोपनीयताको शपथ लिएका हुन् । गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् । 

योसँगै गण्डकीको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ । यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्री बनेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro