site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मेटमणिले भने– संसदीय दलबारे फैलाइएको हल्ला मिथ्या हो, भ्रमको पछि नलागौँ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलबारे फैलाइएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । उनले अहिले प्रतिनिधिसभाको १० र राष्ट्रियसभाको आठ गरी १८ सांसदको उपस्थितिमा बैठक बसिरहेको जानकारी दिएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत संसदीय दल एकताबद्ध रहेको समेत उल्लेख गरेका छन् । “हाम्रो संसदीय दलका विषयमा फैलाइएको हल्ला मिथ्या हो । भ्रमपूर्ण थियो । कोही पनि भ्रमको पछि नलागौँ, नलाग्नुहोला,” उनले जारी संसदीय दलको बैठकबाट भनेका छन् । 

आइतबार मात्रै सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । एकीकृत समाजवादी पनि विभाजनउन्मुख भएको चर्चा चलेपछि चौधरीले प्रस्टीकरण दिएका हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro