site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अशोक राई र राजेन्द्र श्रेष्ठको समूहले सरकार नछाड्ने

काठमाडौं । दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टीको अशोक राई र राजेन्द्र श्रेष्ठको समूहले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

नेता श्रेष्ठले तत्काल वर्तमान सरकार नछाड्ने जानकारी दिएका हुन् ।

दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, “हामी स्थायित्वको पक्षमा छौँ । हामी सरकारको निरन्तरताको पक्षमा छौँ,” उनले भने ।  

उपेन्द्र यादव विदेश गएका बेला जसपाको एक समूह पार्टी विभाजनका लागि निर्वाचन आयोग पुगेको हो । जसमा सातजना सांसदले हस्ताक्षर गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro