site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजेन्द्र श्रेष्ठको दाबी : २० प्रतिशत होइन, बहुमत सांसदको साथ छ

काठमाडौं । विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएको जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरूसँग बहुमत भएको दाबी गरेका छन् । 

उनले आफूहरू संघ र प्रदेश सरकारको निरन्तरताको पक्षमा रहेको पनि बताए । “२० प्रतिशत होइन बहुमत सांसदको साथ हामीसँग छ । हामी सरकारको निरन्तरताको पक्षमा छौँ,” उनले भने । 

उनले पार्टी विधिसम्मत हुनुपर्ने बताए । साथै उनले आफूहरूले गरिरहेका काम विधानअनुसार नै भएको दाबी गरे । “पार्टी सदस्य र संगठित पार्टी सदस्य हुनुपर्छ तर जुन गोरुको सिङ छैन त्यही गोरुको नाम तिखे भनेजस्तो पार्टी सदस्य नभएकालाई संगठित सदस्य बनाइयो,” उनले भने । 

उनले उपेन्द्र यादवबाट मन परेकालाई महाधिवेशन प्रतिनिधि दिने काम भएको भन्दै आलोचना गरे । साथै पार्टीको नाम जनता समाजवादी पार्टी नाम राखेको भन्दै विगतको विधि विधानलाई निरन्तरता दिने उनले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro