site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीमाथि छानबिन गर्न समिति नबनाएसम्म संसद् चल्न दिँदैनौँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुरानै अडान दोहोर्‍याएका छन् । उनले सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म कांग्रेसले संसद् बैठक चल्न नदिने बताएका हुन् ।

बाँकेको कोहलपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाइनुपर्नेमा जोड दिए । आफूहरूले गृहमन्त्रीको राजीनामा नमागेको उनले स्पष्ट पारे ।

“हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ । संसदीय छानबिन बनाऔँ, सहकारी ठगीमा उहाँ (रवि लामिछाने)को संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ,” उनले भने, “तर, संसदीय समिति बनाउन सरकार किन डराएको ?”

यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरिएको छ । गएको अधिवेशनका पछिल्ला बैठक सोही मागसहित कांग्रेस सांसदले अवरुद्ध गरेका थिए ।

अर्को प्रसंगमा नेता कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा विगत बिर्सेर संगठनमा एकजुट हुन नेता–कार्यकर्तालाई निर्देशन दिए । पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको वैशाखीको सहारा लिनु नपर्ने उनले बताए ।

लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिस्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको उनको भनाइ छ । “तर, त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधैँ हिँडिराख्नु राम्रो होइन ।”

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro