site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन : सुहाङ नेम्वाङ
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभातर्फ इलाम–२ को उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङले ‘समृद्ध इलाम : सुखी इलामेली’ को संकल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनले मतदाताहरूलाई धन्यवाद दिँदै पिता सुवासचन्द्र नेम्वाङले देखाएको निष्ठाको बाटोबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

“सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम  : सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चहान्छु,” सुुहाङले फेसबुकमा लेखेका छन्, “इलामको माटोको कसम खाएर म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईंहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’

 पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिएका इलामका नेताहरूको भावनालाई शिरमा राखेको उनको भनाइ छ । “म उमेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्बर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु ,” नेम्वाङले  लेखेका छन्, “उहाँहरूको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु ।”

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro