site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अन्तिम मत परिणाम नआउँदै एमाले समर्थक विजय जुलुस निकाल्न गणनास्थल बाहिर

इलाम । इलाम–२ को अन्तिम मत परिणाम सार्वजनिक नहुँदै नेकपा (एमाले)का समर्थकहरू विजय जुलुस निकाल्न मत गणनास्थल बाहिर भेला हुन थालेका छन् ।

इलाम नगरपालिका–८ मा पर्ने गौतम बुद्ध सभा गृहबाहिर एमाले समर्थकहरू भेला भएका छन् । समर्थकहरूको संख्या विस्तारै बढिरहेको छ । उनीहरूले बेलाबेला 'नेकपा (एमाले) – जिन्दावाद'को नारा पनि लगाइरहेका छन् । सबै मत गणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

UML-Mat-Ganana-dd-1714409853.jpg
 

निर्वाचन आयोगका अनुसार अब इलाम नगरपालिकाभित्रका ११ मध्ये ९ वडाको मतगणना गर्न बाँकी छ । आयोगका अनुसार ५२ हजार २७३ मतगणना हुँदा एमालेका सुहाङ नेम्वाङले २१ हजार ३८० मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले १४ हजार ७५२ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ६ हजार ६२८ रहेको छ ।

UML-Mat-Ganana-1714409854.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro