site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम अपडेट : सुहाङले १६ हजार मत कटाए,  डम्बरलाई थेगिमले पछ्याउँदै 

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १६ हजार २१९ मत पाएका छन् ।

फाकफोकथुम गाउँपालिका, माङ्सेवुङ गाउँपालिका, चलाचुली गाउँपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ तथा देउमाई नगरपालिकाको वडा नम्बर १, २ ३ र ४ को मतगणना सकिँदा सुहाङले पाँच हजार ६६२ मतले अग्रता लिएका हुन् । 

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार ८२५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले दुई हजार ६४५ मत पाएका छन् ।

गत शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेकोमा अब १९ हजार ३२६ मत गन्न बाँकी रहेको छ । इलाम नगरपालिकाको ११ वटा वडाको मत गन्न बाँकी रहेको हो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro