site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम अपडेट : सुहाङको १४ हजार ६१३ मत, खड्कालाई पछ्याउँदै थेगिम

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १४ हजार ६१३ मत पाएका छन् ।

देउमाई–२, को तपेवा साब्जुङ र पुङफुङलगायतको मतगणना सकिँदा उनले पाँच हजार ३०३ मतको अग्रता लिइरहेका छन् । 

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काले नौ हजार ३११ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार (मुढा चुनाव चिह्न) डकेन्द्रसिंह थेगिमले आठ हजार ५७ मतसहित खड्कालाई पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले दुई हजार ५७ मत पाएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro