site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुहाङ ४५ सय मतान्तरले अगाडि, रुखलाई पछ्याउँदै मुढा

इलाम । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो परिणामानुसार उनले १२ हजार ४०५ मत पाएका छन् ।

नेपाली कांग्रेसका डम्बर खड्का सात हजार ८८२ मतसहित दोस्रो स्थानमा छन् । नेम्वाङ र खड्काबीचको मतान्तर चार हजार ५२३ छ ।

यस्तै, स्वतन्त्र उमेदवार (मुढा चुनाव चिह्न) डकेन्द्रिसिंह थेगिम सात हजार ७६९ मतसहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले एक हजार ६३६ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत गएको शनिबार मतदान भएको थियो । इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । मतगणना जारी छ ।

उपनिर्वाचनमा इलाम–२ मा ६९ हजार ४२१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ एक लाख १५ हजार ८८९ मतदाता छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro