site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङ उपनिर्वाचन : कांग्रेस ५९ मतले अगाडि, एमाले दोस्रो

इलाम । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस झिनो मतान्तरले पहिलो स्थानमा छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि उपनिर्वाचनको मतगणना अनुसार कांग्रेस अगाडि बढेको हो ।

हाल छविसपाथिभेरा गाउँपालिका, थलारा ९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिका १ सबै मतगणना सकिँदा कांग्रेसले ५९ मतको अग्रता बनाएको छ ।  

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंगले ६ हजार ३३१ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमालेका उमेदवार दमनबहादुर भण्डारीले ६ हजार २७२ मत प्राप्त गरेका छन् ।

प्राप्त नतिजाअनुसार माओवादी केन्द्रका जनक बुढाले दुई हजार ७३३ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले एक हजार ९५८ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro