site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङमा कांग्रेसले लियो अग्रता

इलाम । बझाङ उपनिर्वाचनमा कांग्रेस अघि लागेको छ ।

प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा कांग्रेस अघि लागेको हो । यहाँ प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि उपनिर्वाचन भएको हो ।

निर्वाचन क्षेत्रको छबिसपाथिभेरा गाउँपालिका, थलारा ९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको वडा नम्बर १ को मतगणना सकिँदा कांग्रेसले ५५ मतको अग्रता कायम गरेको छ ।

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ६७ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी दमनबहादुर भण्डारीले ६ हजार १२ मत प्राप्त गरेका छन् । माओवादीका जनक बुढाले दुई हजार ७३३ मत प्राप्त गर्दा नेकपा एसका दिलबहादुर सिंहले १९५८ मत प्राप्त गरेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro