site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङमा कांग्रेसले घटाउँदै मतान्तर, एमाले ३५८ मतले अगाडि

इलाम । प्रदेशसभा उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेशसभा १ 'क' मा नेकपा (एमाले)ले अग्रता कायमै गरेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेका दमनबहादुर भण्डारीले ४,४६४ मत पाएका छन् ।

तर, पछिल्लो समय कांग्रेसले मतान्तर घटाउँदै लिएको छ । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ४,१०६ मत पाएका छन् । यी दुइबीच ३५८ मतको अन्तर छ । 

नेकपा  (माओवादी केन्द्र)का जनकबहादुर बुढाले २,२२५ मत पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का उमेदवार दिलबहादुर सिंहले १,४७१ मत प्राप्त गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro