site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङमा अघि लाग्दै एमाले, एकीकृत समाजवादी चौथोमा 

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का उमेदवारको अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, दुई हजार ७६३ सदरमध्ये एमालेका दमनबहादुर भण्डारीले एक हजार ३०३ मत पाएका छन् ।  नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर ६४७ छ । भण्डारी झन्डै दोब्बर मतान्तरले अगाडि छन् ।

तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा छन् । उनले ४०१ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ३६९ मत पाएका छन् ।

यहाँ ११ उमेदवार प्रतिस्पर्धामा छन् । मतगणना जारी छ । उपनिर्वाचनअन्तर्गत शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro