site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङ उपनिर्वाचन : मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार भएको उपनिर्वाचनको सबै मतपेटिका बझाङ सदमुकाम ल्याइएपछि मतगणनाको तयारी गरिएको हो । 

सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । शनिबार भएको मतदानमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।

बझाङमा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंहसहित ११ उमेदवार छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro