site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालले भने– एक दल बाहिरिए सरकार ढल्छ, धेरै दम्भ नदेखाऊ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले दम्भ देखाउन नहुने बताएका छन् ।

युवा संघ नेपाल काठमाडौं जिल्ला समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले सरकारमा रहेका ६ दलमध्ये कुनै एक दल अलग हुन बित्तिकै सरकार अप्ठेरोमा पर्ने भएकाले कुनै पनि दलले दम्भ देखाउन नहुने बताए ।

सुदूरपश्चिम प्रदेशमा झन्डै दुर्घटना भइसकेको अवस्थामा प्रधानमन्त्रीले लचकता देखाएकै कारण आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको धारणा राखे । अहिले देश र जनताका लागि काम गरेर देखाउने बेला आएको भन्दै उनले कम्युनिस्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरू अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिस्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको बताए । उनले इमान्दार, निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro