site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बोक्सीको घर’ले कति पायो क्यूएफएक्समा शो ? 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ खुला गरेका सिनेमा हलले ‘बोक्सीको घर’लाई उच्च शो दिएका हुन् । 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई उच्च शो दिएको छ । काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ । 

अन्य सिनेमा घरले पनि ‘बोक्सीको घर’लाई उच्च शो प्रदान गरेका छन् । 

वैशाख १४ गते रिलिज हुने चलचित्रमा केकी अधिकारी र सुलक्षण भारतीको मुख्य भूमिकामा छन् । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा निर्माणमा पनि केकी जोडिएकी छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro