site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामी सरकारमा भएकाले समयमै पाठ्यपुस्तक पुग्यो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सरकारमा भएकाले यसपटक विद्यालयहरूमा समयमै पाठ्यपुस्तक पुगेको बताएका छन् । बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले सबै भाषा, जाति र आस्थाको सम्मान गर्ने बताए ।

"अहिले समयमै स्कुलमा किताब पुग्यो । हामी सरकारमा छौँ त किन पुस्तक पुग्दैन ?," ओलीले भने ।

एमालेले सबैलाई अवसर दिने उनको दाबी छ । "नेकपा (एमाले) समानता र सबैलाई अवसर दिन्छ । जो भेट्यो त्यसको कानमा अलगअलग भिडाइदिने काम एमाले गर्दैन, सबै भाषा जाति र आस्थाको विकास हुनुपर्छ भन्छ," ओलीले भने ।

उनले अहिलेको चुनाव ०४८ र ०५१ को जस्तो नभएको पनि बताए । त्यतिबेला कम्युनिस्टप्रतिको धारणा नै नकारात्मक रहेको उनको भनाइ छ । 

"०४८, ०५१ सालमा चुनाव लडेजस्तो हैन । त्यसबेला कम्युनिस्ट सरकार बने ६० वर्ष माथिलाई गोली हानेर मार्छ भन्थे, ढाँट्नुको पनि सीमा हुन्छ नि," उनले भने ।

ओलीले त्यतिबेला कम्युनिस्टबारे झुटा प्रचार हुने गरेको बताए । "बुढाबुढी मार्छ भन्ने झुटा प्रचार हुन्थ्यो । अलि पछि ती मान्छे गाउँ पस्नै छोडे । युवा पुस्ताले सुनेको छैन । तर, कम्युनिस्टले मार्ने हैन भत्ता दिँदो रहेछ । कम्युनिस्टले गरिबी बाँड्छ भन्थे । तर आज कसले विकास गरेको ? पाँचपटक प्रधानमन्त्री भएकोलाई के गर्‍यौ भन्दा जवाफ छैन," ओलीले भने ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro