site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्तासमीकरणसँग जोडियो  ः मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारीसम्बन्धी प्रकरण नयाँ सत्तासमीकरणसँग जोडिएर आएको बताएकी छन् । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लाछिानेको नाम मुछिएपछि यो सत्तासमीकरणमा पनि जोडिएको बताएकी हुन् । 

पत्रकारितामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेको प्रसंग कोट्याउँदै उनले पत्रकारिता पेसालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको बताइन् । 

“पत्रकारिता क्षेत्रबाट अहिले लामिछाने नेपाल सरकारको उपप्रधानमन्त्री गृहमन्त्री हुनुहुन्छ । केही कुराहरू उहाँको विषयमा उठेको अवस्था छ । यो समीकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ,” उनले भनिन् । 

मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेसाको रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलको स्मरणसमेत गरिन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro