site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछ : महामन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताएका छन् । शनिबार इलाममा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।

निर्वाचनअघिको गठबन्धन गलत हुने अनुभव गरेर कांग्रेसले अहिले एक्लै चुनावमा भाग लिइरहेको उनले उल्लेख गरे । उनले इलामले अब परिवर्तन खोजेको पनि बताए । एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनाव लड्न उनले आग्रह गरे ।

“इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ,” उनले भने ।

इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा कांग्रेसबाट उमेदवारी दिएका डम्बर खड्काले पहिचानको मुद्दामा पार्टीले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले कोसी प्रदेशलाई एक नम्बर प्रदेशका रूपमा अभिव्यक्त गर्दै आफूले पहिचानवादीको मुद्दा बोकेकाहरूको माग सम्बोधन गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाइसकेको बताए ।

उनले निर्वाचनमा आफूलाई इलामका जनताले जिताउनेमा ढुक्क रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro