site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिएका छन् । बिहीबार साँझ उनले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन् ।

तर, नागरिक उन्मुक्ति पार्टी विभाजित छ । अध्यक्ष रञ्जीता श्रेष्ठ सोडारीको पक्षमा छिन् भने संरक्षक रेशम चौधरी पक्षका सांसद सत्ता गठबन्धनको पक्षमा छैनन् ।

चौधरी पक्षका पाँच सांसदले सोडारीलाई आफूहरूको समर्थन नरहेको जानकारी प्रदेश प्रमुखलाई गराएका थिए । 

५३ सदस्यीय प्रदेशसभामा हाल ५२ सदस्य छन् । बहुमतका लागि २७ सांसदको आवश्यकता पर्छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro