site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने भद्र सहमति भएको छ'
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने दाबी गरेका छन् ।

रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पाण्डेले सुदूरपश्चिममा पनि केन्द्रकै गठबन्धन कायम रहने र प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने बताएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउने भद्र सहमति हुँदा पनि कार्यान्वयनमा आनाकानी भएपछि अहिलेको परिस्थिति उत्पन्न भएको उनको भनाइ छ ।

तर, आजबाट नयाँ परिस्थितिको निर्माण भएकाले अब गठबन्धनमा समस्या नहुने उनले बताए ।

उनले सुदूरपश्चिममा सरकार गठनमा आफ्नो दलको भूमिकालाई लिएर अध्यक्ष माधव नेपालमाथि शंका नगर्न पनि आग्रह गरे ।

उनले अहिलेको सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने पनि दाबी गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro