site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुशासन र विकास पार्टीको ‘एजेन्डा’ हुनुपर्छ : महामन्त्री थापा

सुदूरपश्चिम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेन्डा’ हुनुपर्ने बताएका छन् । ‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा आज धनगढीमा अयोजित कार्यक्रममा महामन्त्री थापाले विकासका सवालमा दलहरूबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासन लगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।

पार्टीको एजेन्डा २०८४ का लागि नभइ आज देखिएका यावत समस्याको समाधानका लागि हुनुपर्ने बताउँदै उनले भने, “वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनःजागरणको वर्ष बनाउनुपर्छ, एकवर्ष कांग्रेसले सिंहदरबार, बालुबाटार नहेरी राष्ट्रका मुख्य–मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ, ।”

पार्टीको भविष्यको नीति योजना बनाउनका लागि संवाद यात्रामा आएका सुझावले टेवा पुर्‍याउने उनले बताए । पार्टी सञ्चालन प्रक्रिया त्रुटिपूर्ण हुँदा पार्टीमा गुट उपगुटको समस्या देखिएको भन्दै उनले गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको बताए । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro