site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘नमेटिने घाउ’मा माधव नेपालले गरे अभिनय
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गरेका छन् । नेपालले आज काठमाडौंमा चलचित्र ‘नमेटिने घाउ’को सुटिङ सेटमा गएर टेक दिएका हुन् । 

उनले चलचित्रका लागि केही संवाद समेत बोलेका छन् । ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरिरहेका छन् । 

यो चलचित्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अभिनय गर्दैछन् । ‘नमेटिने घाउ’ एसिड आक्रमणको विषयमा केन्द्रित सिनेमा हो । सोही विषयको सेरोफेरोमा केन्द्रित रहेर नेपालको संवाद रहेको निर्माण पक्षले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro