site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजा फर्काउने कुरा असम्भव : देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् । आइतबार काठमाडौंमा स्व. सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्नेमा जोड दिए । विगतमा बन्दुक उठाएकाले पनि अहिले बहुदलीय व्यवस्था मानेको उनले उल्लेख गरे । उनले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको औँल्याए ।

“...अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरू हिँड्दै छन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ,” उनले भने, “धेरै कुराहरू सुधार गर्न पनि सहमति हुनुपर्छ, दुईतिहाइ चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भने पनि सुधार गरेर जाऔँ । तर, अब राजा फर्काउने असम्भव कुरा देख्छु मैले ।”

सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका निम्ति स्व. थापाको महत्त्वपूर्ण भूमिका रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro