site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशलाई स्थिरता दिन कांग्रेस–एमाले मिल्नुको विकल्प छैन : शेखर कोइराला 

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको समस्याको जड निर्वाचन प्रणाली भएको बताएका छन् । निर्वाचन प्रणालीकै कारण सरकार गठन र विघटन भइरहेको उनको भनाइ छ ।

लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा नेता कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने बताए । त्यसका लागि कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको उनको भनाइ छ ।

उनले संविधान संशोधनमार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

“कति सधैँ सरकार गठन र विघटनमा मात्रै लागिरहने ? जनताका काम कहिले गर्ने ? विकास कहिले गर्ने ?,” कोइरालाले प्रश्न गरे । 

नेता कोइरालाले संविधानसभाको पहिलो निर्वाचनबाट कम्युनिस्टहरू पटक–पटक सत्तामा पुगे पनि संविधान बनाउन नसकेको र दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मात्र संविधान बनेको स्मरण गरे ।

“परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्नपर्‍यो  । त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ,” उनले भने । 

कोइरालाले राजनीतिक स्थिरता, सुशासन र विकास आफ्नो मूल एजेन्डा भएको र त्यसमा आफू पूर्णरूपले प्रतिबद्ध रहेको पनि बताए ।

उनले गौतम बुद्धको पवित्र भूमि लुम्बिनीबाट आजैदेखि सबैले सत्यको बाटोमा हिँड्ने प्रण गर्दै देश बनाउने अभियानमा लाग्ने अठोट गर्न सबैलाई आग्रह गरे । कोइरालाले सत्यको बाटो अप्ठेरो हुने तर जित सत्यकै हुने बताए ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro