site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा 'साँढे जुधाइ' भयो : राजकिशोर यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले सभामुख देवराज घिमिरेको त्रुटिका कारण संसद् बैठक चल्न नसकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद यादवले संसद् बैठकमा सभामुख घिमिरेबाट त्रुटि भएको बताए ।

संसद्‌मा विपक्षीहरूको कुरा सुन्ने वातावरण बनाउनुपर्ने भन्दै उनले विपक्षी बोलिसकेपछि सभामुखले सत्ता पक्षका सांसदलाई बोल्न दिएकाले वातावरण बिथोलिएको बताए । उनले संसद्‌मा 'साँढे जुधाइ' भएको टिप्पणी गर्दै यसले संसद्को गरिमालाई घटाउने बताए ।

लोकतन्त्रमा जवाफदेहिता सबैभन्दा ठूलो विषय भएको भन्दै उनले कसैप्रति प्रश्न उठेमा त्यसको जवाफ दिनुपर्ने बताए ।

सांसद यादवले सभामुखले संसद् खुलाउने सम्बन्धमा दलहरूका बीचमा सहमति गराउनुपर्ने बताए ।

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro