site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय छानबिन समिति गठन नगरेको भन्दै कांग्रेसले गर्‍यो संसद् अवरोध 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीपीडितका विषयमा संसदीय छानबिन समिति नबनाएको भन्दै संसद् अवरोध गरेको छ ।

मंगलबारको प्र्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेपाली कांग्रेसले आफ्नो संसदीय दलको निर्णय सुनाउँदै सरकारले प्रमुख प्रतिपक्षी दलले उठाएको गम्भीर विषय सम्बोधन नगरेर गलाउने रणनीति लिएको भन्दै आजदेखि संसद् नचल्ने जानकारी गराएको हो । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले कांग्रेसको धारणा राखेकी थिइन् ।

थिङले कुरा राखिसकेपछि नेपाली कांग्रेसका सांसदहरू उठेर संसद् अवरोध सुरु गरेका थिए । त्यसबीचमा सत्तापक्षबाट हात उठाएपछि सभामुखले रास्वपाका मनिस झालाई समय दिएका थिए । तर, कांग्रेसका सांसदहरुले उठेर टेबुल ठोकेपछि सभामुखले उनलाई रोकेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro