site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नागरिक उन्मुक्तिकी प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट प्रदेशसभा सदस्य बनेकी इन्दिरा गिरी पदमुक्त भएकी छन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्राचार गरेकी थिइन् । त्यही पत्रका आधारमा सभामुख भीमबहादुर भण्डारीको तोक आदेशबमोजिम प्रदेशसभा सचिवालयले गिरी पदमुक्त भएको सूचना निकालेको हो ।

‘‘...सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवलयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सचिवालयले निकालेको सूचनामा भनिएको छ । 

अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षको विवादका कारण गिरीले पद गुमाएकी हुन् ।

गिरी कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री थिइन् । संरक्षक रेशम चौधरी पक्षको जोडबलमा गिरीसहित नाउपाका पाँच प्रदेश सांसद सरकारमा मन्त्री भएका थिए । त्यही विवादमा गिरीको मात्र पद गएको हो ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro