site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुख्य सचेतक पाण्डेले भने– संसदीय छानबिन समिति सम्भव छैन 

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्ष दलले उठाएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषय नै गलत भएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम ठगीको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

सभामुख देवराज घिमिरेले सोमबार राखेको प्रमुख दलका नेताहरूको बैठकपछि मुख्य सचेतक पाण्डेले कांग्रेसको माग नै ठिक नभएको जिकिर गरे । “प्रमुख प्रतिपक्षले उठाएको विषय सही छैन । कार्यतालिकाअनुसार सदन अघि बढ्छ,” उनले भने, “वेल घेराउ गरेर सदन अघि बढ्छ ? छानबिन समिति सम्भव छैन ।”

पाण्डेले समयको चापले आज विस्तृत छलफल हुन नसकेको बताए । अर्को बैठकमा विस्तृत छलफल हुने उनले उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही विषय कांग्रेसलाई जानकारी गराएको उनले बताए ।

“सभामुखले भोलिको बैठक (मंगलबारका निम्ति तय संसद् बैठक) सञ्चालनबारे छलफल गर्नुभयो,” पाण्डेले भने, “कांग्रेसले समिति चाहिन्छ भनेपछि प्रधानमन्त्रीज्यूले विषयवस्तु राख्दै गरौँ, समय लिएर छलफल गरौँ भन्नुभयो ।”

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro