site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
‘एआई सर्च’मा शुल्क तोक्दै गुगल

काठमाडौं । गुगलले आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)मार्फत गरिएको खोजी (सर्च)मा शुल्क लगाउने तयारी गरेको छ । एआई सर्च सेवा प्रदान गर्न महँगो खर्च हुने भएकै कारण गुगलले शुल्क तोक्ने तयारी गरिरहेको जनाइएको छ ।

गुगलले यस्तो कदम चालेमा एआई क्षेत्रका अरू कम्पनीले समेत सब्सक्रिप्सन मोडल ल्याउन सक्ने ठानिएको छ ।

कम्पनीले एआई सर्चका निम्ति लगइन गर्न सुरुमै शुल्क तिरेर प्रिमियम सदस्यता दिने भनिएको छ । जिमेललगायत अरू सेवामा पनि एआई सपोर्ट चाहिएमा त्यति बेला नै थप शुल्क तिर्नुपर्नछ ।

गुगलको एआई सर्च फिचर अहिले केही सीमित प्रयोगकर्ताबीच बेटा संस्करणमा परीक्षण भइरहेको छ । यो फिचरले अरू एआई च्याटबटझैँ प्रयोगकर्ताले सोधेको प्रश्नको एकल सटीक जवाफ दिने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro