site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज विष्टले गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता अधिकारीलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको छ ।

आइतबारै यसअघि उनले एमालेका २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित आठ र दीपक मनाङे एक गरी ३१ प्रदेशसभा सदस्यको आफूलाई समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

गएको चैत २१ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका निम्ति चैत २७ गतेसम्मको समय दिएका थिए । यो उपधाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । तर, माओवादीले सभामुख कृष्ण धिताललाई पनि आफ्नो सांसद भन्दै अधिकारीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको हो ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro