site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारविरुद्ध नेविसंघको प्रदर्शन, ६ जना नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले सिंहदरबारको दक्षिण गेटअगाडि आइतबार प्रदर्शन गरेको छ । सरकारले निषेधित क्षेत्र घोषणा गरेको दक्षिण गेटअगाडि प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले काम नगरेको भन्दै प्रदर्शन गरिएको हो ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागसहित नेविसंघले प्रदर्शन गर्दै आएको छ । कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग समेत गरिरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro