site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपालक्षित सिंहको टिप्पणी– ताण्डव नृत्य देखाइरहेका छन्
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू ठूल्ठूला काण्डमा फसेको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकोतर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले आफ्नो जिम्मेवारी पूरा नगर्नेले सुशासनका ठूल्ठूला कुरा गर्ने गरेको उल्लेख गरे । “...सुशासनका कुरा गर्ने नेताहरू कुनकुन काण्डमा फसिरहेका छन् भन्ने कुराचाहिँ सबैले देखिरहेका छन्,” उनले भने ।

उनले पुरानो दलको विरोध गर्नेहरूले नयाँका नाममा मुलुकमा ताण्डव नृत्य देखाइरहेको टिप्पणी गरे । “...भर्खर आएका छन्, ठूल्ठूला कुरा गर्छन् । र, आफूले गर्नुपर्ने जिम्मेवारी केही पनि नगर्ने, अनि ठूलो दलले काम गरेन भनेर सुख पाइन्छ ?,” उनले प्रश्न गरे ।

नेता सिंहले कांग्रेसले मुलुकको आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने गरी पार्टीको संगठन बनाउनुपर्ने आवश्यकता औँल्याए । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro