site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालको प्रश्न– देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै जाँदा सरकार के हेरेर बसेको छ ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै जाँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रौतहट, कैलालीसहितका जिल्लामा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको तर सरकार हेरेर बसिरहेको बताए ।

"आजमात्रै मैले एउटा पत्रिकामा पढेँ, लागुपदार्थको अत्यन्तै दुर्व्यसन रौतहट जिल्लामा बढ्दो छ । कैलाली जिल्लामा त्यस्तै छ । लाग्छ, सरकार के गरेर बसेको छ ? प्रहरी के गरेर बसेको छ ? प्रशासन के गरेर बसेको छ ? हाम्रा युवाहरू लागुपदार्थको दुर्व्यसनमा फस्छन् र त्यस्ता अपराधी कारबाहीमा पर्दैनन्," उनले भने ।

अध्यक्ष नेपालले राजनीतिककर्मीहरू निष्ठावान् हुन नसके र स्वच्छ छवि कायम राख्न नसके राष्ट्र सेवकहरूले कुनै राम्रो कुरा सिक्न नसक्ने बताए ।

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro