site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चीन भ्रमणको उपलब्धिबारे परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा भएको उपलब्धिबारे सदनलाई जानकारी गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा चैत ११–१९ गतेसम्म भएको चीन भ्रमण दुई विषयमा केन्द्रित गरेको बताए । 

जसमा पहिलो छिमेकी मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने र दोस्रो आर्थिक विकास र समृद्धिमा तीव्र गतिमा विकासको प्रक्रियामा अघि बढिरहेको चीनबाट लाभ लिन सक्ने विषयमा छलफल गरेको सुनाए । परम्परागत १४ नाका तुरुन्त खोल्ने सहमति भएको बताए । 

“भेटघाटका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच १४ वटा परम्परागत व्यापारिक नाका  यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ,” उनले भने । यसबाट चीन सीमानजिक बसोबास गर्नेलाई व्यापार व्यवसाय गर्न सहज हुने बताए । 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भ्रमणका क्रममा पनि यसबारे कुराकानी भएको र यो खोल्दै जाने समझदारी भएको सुनाए । यसपटक गम्भीर छलफल भएर १४ नाका खोल्ने सहमति भएको उनको भनाइ छ । विविध आयाममा नियमित रूपमा उच्च स्तरमा छलफल गर्न नेपाल र चीनका परारष्ट्रमन्त्री स्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको सुनाए । 

बेल्ट एन्ड रोडको कार्ययोजना बीआरआईलाई अन्तिम रूप दिनेबारे छलफल भएको जानकारी गराए । चीन भ्रमण गर्न चाहने नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन अनुरोध गरेकोमा सकारात्मक प्रतिक्रिया आएको सुनाए । चीनले थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको बताए । आवश्यकताअनुसार कार्यसमूह गठन गरी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सकारात्मक भएको बताए । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro