site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धन टिकाउन र भत्काउन दुवै पक्षबाट प्रस्ताव आए : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू सत्ताको खेलमा नलाग्ने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले वर्तमान गठबन्धन टिकाउन र गठबन्धन भत्काउन दुवै पक्षबाट प्रस्ताव आएको तर आफूहरू सत्ताको खेलमा नलाग्ने बताए ।

अध्यक्ष लिङ्देनले केही प्रदेशसभाको सभामुखमा बाहेक सत्ताका लागि कुनै खेलमा नलागेको पनि बताए । मुलुकको वर्तमान अवस्था व्यवस्थाका कारण भएकाले व्यवस्था परिवर्तन नगरी मुलुकको समस्या समाधान नहुने भएकाले अहिले जनजागरण अभियानमा जुटेको उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले अमेरिकाका राजदूतले धर्मप्रति अनास्था फैलाउन कुनै पनि देशमा सहयोग नगरेको स्पष्ट पारेको उनले बताए ।

उनले भारतीय जनता पार्टीले नेपालमा हिन्दु राज्यका लागि अनुदान दिएको उल्लेख भएको रिपोर्ट अमेरिकाले सच्याएको भन्दै बाहिर हल्ला भएजस्तो नभएको बताए ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro