site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नागरिक उन्मुक्तिको कार्यालयमा कुटपिट, ‘रेशम चौधरीका अगाडि आक्रमण’
रेशम चौधरी र रन्जीता श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूबीच कुटपिट भएको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार केन्द्रीय कमिटी बैठकअघि हात हालाहाल भएको हो ।

टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले रेशम चौधरीको उपस्थितिमा आफूमाथि आक्रमण गरिएको बताए । “मिटिङका लागि टीकापुरबाट यहाँ आएका छौँ । पार्टीका अध्यक्ष (रन्जीता श्रेष्ठ चौधरी)ले बोलाएपछि हामी जम्मा हुँदै थियौँ । पाँचजना संस्थापन सदस्य त्यहाँ उपस्थित भयौँ । रेशमलाल दाइकै उपस्थितिमा आक्रमण भयो,” उनले बाह्रखरीसित भने, “कसले आक्रमण गरेको हो भन्ने रेशम दाइलाई थाहा होला ।”

नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ । यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन् ।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ । रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन् । रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यका पक्षमा छन् ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro