site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आगामी चुनावमा कांग्रेसलाई बहुमत ल्याउन सक्ने पार्टी बनाउन देउवाको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रूपमा कांग्रेसलाई स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलादेशी सिंह फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताए ।

सभापति देउवाले कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउन सक्ने पार्टी बनाउनका लागि महिलाहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । उनले पार्टीमा आबद्ध महिलाहरूलाई अझ बढी सशक्तीकरण गर्दै नेपाली कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउने पार्टी बनाउन सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए ।

सभापति देउवाले महिलाहरूको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेलेको भूमिका महत्त्वपूर्ण रहेको समेत उल्लेख गरे । उनले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको एक उत्कृष्ट दस्तावेजको रूपमा रहेको दाबी गरे ।

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro