site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलवायु परिवर्तनले नेपालमा पारिरहेको प्रभावबारे आवाज उठायौँ : सभामुख घिमिरे
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले विश्वमा भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका विषयमा अन्तरव्यवस्थापिका संघको सभामा नेपालका तर्फबाट विषय उठाइएको बताएका छन् । अन्तरव्यवस्थापिका संघको १४८औँ सभामा सहभागी भई स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

जलवायु परिवर्तनलगायत विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्न कूटनीतिक ढंगबाट संसद्ले खेल्नुपर्ने भूमिकाबारे आफूहरूले सो सभामा विषय उठान गरेको उनले जानकारी गराए ।

“१४८औँ अन्तरव्यवस्थापिका संघको सभा यसपालि स्वीट्जरल्यान्डको जेनेभामा यसको आफ्नै केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । त्यसमा नेपालको तर्फबाट हामीले प्रभावकारी ढंगबाट सहभागिता जनाएका छौँ,” उनले भने ।

विभिन्न चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपालजस्ता मुलुकमा तत्काल परेका असरलाई न्यूनीकरण गर्नेलगायत विषयमा सभामा छलफल गरिएको उनले बताए ।

सभामुख घिमिरेले अब संसदीय गतिविधि तीव्र रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढिरहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro