site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुहाङबारे ओलीले भने– केही गर्ने हुटहुटी छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट इलाम–२ का लागि उमेदवार बनेका सुहाङ नेम्वाङसँग 'केही गर्ने हुटहुटी र ऊर्जा' रहेको बताएका छन् ।

एमालेले आजमात्र नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीको निर्णयपछि ओलीले सामाजिक सञ्जालबाट आफूले नेम्वाङलाई 'सरल र नयाँ जोस भएका युवाको रूपमा पाएको' बताएका छन् ।

"३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को उपनिर्वाचनमा उमेदवार बनेका छन् । फुटबल र क्रिकेटमा रुचि भएका, पेसाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोस भएका युवाको रूपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ । शुभकामना छ सुहाङ !," ओलीले भनेका छन् ।

सुहाङ संविधानसभाका अध्यक्ष तथा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् । सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।

उनको निधनपछि रिक्त पदमा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro