site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
तीन स्रस्टालाई ‘वानीरा पुरस्कार’

काठमाडौं । वानीरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रस्टालाई सम्मान गर्ने भएको छ ।

कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएवापत प्रा. पुष्कर लोहनीलाई एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार, नेपाली रंगमञ्च तथा चलचित्रकलामा विगत ६ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत रु एक लाख राशिको ‘वानीरा शंकर पुरस्कार’ मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।

कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको सम्वर्द्धनमा उल्लेख्य योगदान दिएवापत श्रीमती अनिता तुलाधरलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए । 

साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित उक्त फाउन्डेसनको संस्थापक, संरक्षक तथा दाता  शंकर गिरी र अध्यक्ष इन्दिरा प्रसाई छन् । रासस

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro