site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले भन्यो– संसदीय छानबिन समिति बन्दैन
फाइल तस्बिर ।

काठमाडौं । सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारेको छ ।

शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा विषय उठाउन नहुने बताइन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति नबनाए आगामी संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ । सरकारका प्रवक्ता समेत रहेकी शर्माले छानबिन समिति गठनको आवश्यकता सरकारले नदेखेको बताइन् ।

“सैद्धान्तिक रूपमा संसदीय समिति हुँदैहुँदैन भन्ने होइन । कुनै विषयमा बन्न सक्छन् । त्यो आवश्यक छ कि छैन, यो विषय संसदीय छानबिन समिति बनाएर गर्नुपर्ने हो कि होइन भन्ने विषयमा सरकारले त्यस्तो आवश्यकता देखेको छैन,” उनले भनिन् । यथेष्ठ प्रमाण भए जोसुकै व्यक्ति भए पनि कारबाहीमा आउने उनले बताइन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro