site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सीआईबीमा विनोद चौधरीको बयान : बुबाको पालामा कानुनअनुसार आएको जग्गामा मेरो के भूमिका हुन्छ ?

काठमाडौं । व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कानुनीरुपमा नै आफ्नो नाममा आएको बयान दिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार बयान दिँदै चौधरीलै कारखानाको जग्गा आफ्ना बुबाको पालामै कानुनी रुपमा नै आएको बयान सीआईबीलाई दिएका हुन् ।
उनले बयानमा भनेका छन्, “हामीले अवैध र गैर कानुनी ढंगले सरकारी जग्गा हडपेका होइनौँ । त्यो मेरा बुबाकै पालामा कानुनी रुपमा आएको हो । यसमा मेरो कुनै भूमिका नै छैन ।”

जग्गा हिनामिना प्रकरणमा विनोद चोधरीसहित भाइ वसन्त चौधरीसँग पनि सीआईबीले बुधबार बयान लिएको थियो । छाला जुत्ता कारखानाको १८ रोपनी जग्गा मध्ये १० रोपनी जग्गा हडपेको भन्दै यसअघि माघ १८ मा विनोद चौधरीका कान्छा भाइ अरूण चौधरीलाई सरकारले पक्राउ गरेको थियो ।

उनीबाहेक च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) का प्रमुख सञ्जय ठाकुर र बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका थिए । चौधरी ग्रुपका तीनजना दाजुभाइले नै बाँसबारीको जग्गा कानुनीरुपमा आएको बयान प्रहरीलाई दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro