site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न आयोगले माग्यो सुझाव

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न सुझाव माग गरेको छ । आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बुधबार विज्ञप्ति जारी गर्दै मौजुदा कानुनमा संशोधन गर्नुपर्ने विषयहरूमा आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, नागरिक समाज, आमसञ्चार जगत, सम्वद्ध निकाय तथा सरोकारवालाहरूलाई सुझाव दिन आग्रह गरेका छन् ।

उनले दलहरूको दर्ता व्यवस्थापन प्रभावकारी बनाउनका लागि आयोगले ऐन मस्यौदा समिति गठन गरेको पनि जानकारी गराएका छन् । 

“संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा समयानुकूल संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै दलहरूको दर्ता व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन हालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्य प्रारम्भ गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।


 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro